शिक्षा नीति गलत भएका कारणले थुप्रै युवाहरु बेरोजगार बने : श्रममन्त्री

१३ फाल्गुन २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया


जनार्दन घिमिरे/गुल्मी – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशको शिक्षा नीति नै गलत भएको बताउनु भएको छ । शिक्षा नीति परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै उहाँले गलत शिक्षा नीतिका कारण थुप्रै युवाहरु बेरोजगार बन्नु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो ।  रोजगार संयोजकका लागि मन्त्रालयले ७ सय ५३ जना अधिकृत सरहका कर्मचारी माग गरेकोमा ५ सय जना व्यक्ति मात्र उत्तीर्ण भएको भन्दै उहाँले शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना मात्र बनेको टिप्पणी गर्नु भयो ।

गुल्मीको महेन्द्र आदर्श माध्यमिक विद्यालय वामीटक्सारको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको सोमवार गुल्मीको वामी टक्सारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले यस्तो बताउनुभएको हो । मन्त्री बिष्टले सरकारले अबको तीन महिनाभित्रमा घोषणा पत्रमा उल्लेख गरिए अनुसार वृद्धभत्ता बढाउन लागेको समेत जानकारी दिनुयभो । सार्वजनिक पदमा बसेको मान्छेले आफ्नो र परिवारको स्वार्थ भन्दा देश र नागरिकको हितमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह पनि गर्नु यो ।

‘सीपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारा सहित इन्जिनियरिङसहितको प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्य सहित संचालन गरिएको महायज्ञमा हाल सम्म ३ करोड २६ लाख १९ हजार भन्दाबढी रकम दिने भनेर दाताहरुले बोलकबोल गरेका छन् ।  गुल्मी जिल्लाकै शैक्षिक केन्द्रको रुपमा परिचित वामीटक्सारमा प्राविधिक शिक्षासहितको कक्षा सञ्चालनमा आउने भएसँगै दाताहरु पनि उत्साहित देखिएका छन् । महायज्ञमा ५ करोड रकम संकलन गर्ने लक्ष्य राखिएको मूल समारोह समितिका संयोजक प्रकाश काफ्लेले बताउनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने