प्रधानमन्त्रीको सिको : गृहमन्त्रीले सार्वजनिक गरे एक बर्षका उपलब्धी

प्रकाशित मिति:

काठमाडौं/ गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको सोमबार एक वर्ष पूरा भएको छ। खासगरी सुरक्षा र अपराध अनुसन्धानका कारण निकै विवादित बनेको पछिल्लो एक वर्षमा गृहमन्त्रीले आफूले हात पारेका १० उपलब्धि भन्दै सोमबार सार्वजनिक गरेका छन्।

यस्ता छन् उनले उल्लेख गरेका उपलब्धी

१- यस वर्ष विभिन्न २४ वटा कानुन तर्जुमा गर्ने लक्ष्य रहेकोमा २१ वटा कानूनहरू तर्जुमा गर्ने कार्य सम्पन्‍न भएको छ।

२- मापदण्ड विपरीत विभिन्न व्यक्तिहरुको सुरक्षार्थ खटिएका २ सय ७५ जना सुरक्षाकर्मी फिर्ता गरी सुरक्षा कार्यमा लगाइएको छ।

३- महिला बालबालिका सम्बन्धि छुट्टै अपराध तथा अनुसन्धानको लागि १४ वटा भवन निर्माण सम्पन्न भएको । साथै जबरजस्ती करणी अपराधका घटनाहरुमध्ये ९५५ घटनाहरूको सफल अनुसन्धान
गरिएको।

४-अवैध सुन तस्करी र संगठित अपराधको सन्जाल नियन्त्रणमा सफलता प्राप्त भएको छ । सुन तस्करीमा संलग्न ७५ जना प्रतिवादी मध्ये ४६ जना पक्राऊ परेका, ३१ जना फरार रहेका र ३४ जनालाई अदालतबाट पुर्पक्षको लागि थुनामा पठाइएको छ । ३६ जना अभियुक्तहरूको चलअचल सम्पत्ति रोक्का गरिएको छ ।

५- यातयात क्षेत्रमा रहेको लामो समयसम्मको सिण्डिकेटको अन्त्य गर्न यातयात सम्बन्धि संघसंस्थाहरु नवीकरण गर्ने कार्य बन्द गरिएको ।
राजमार्गमा हुने अवरोध हटाउन सुरक्षा कारवाहीको कार्यविधि तयार गरी ७७ वटै जिल्लामा लागू गरिएको छ साथै यस अवधिमा
राजमार्गमा यातयात सेवा सञ्चालनमा अवरोध आएको छैन ।

६- विपद् व्यवस्थापनको पूर्व तयारी, खोज उद्धार, राहत र पुर्नस्थापनाको कार्य प्रभावकारी रुपमा संचालन गरिएको छ । प्रत्येक प्रदेशमा १२५र१२५ जनाको विपद् व्यवस्थापन गुल्म स्थापना गर्ने लक्ष्य गृह प्रशासन सञ्चालनको एक वर्षमा हासिल भएका मुख्य मुख्य उपलब्धीहरु रहेकोमा नेपाल प्रहरी तर्फ ७ वटै प्रदेशमा गरी विपद् व्यवस्थापन कार्यदलमा ५१७ जनशक्ति खटिएको । सशस्त्र प्रहरी बल तर्फ प्रत्येक यूनिटमा ५०र५० जनाको टोली खटिएको । शीतलहरबाट नागरिकलाई जोगाउनका लागि पूर्व तयारी गरी तराई र हिमाली जिल्लामा समयमै न्यानो कपडा वितरण गरिएको हुँदा चिसोका कारणले मानवीय क्षती भएको छैन ।

७- पाँचथर जिल्लाका १ लाख १० हजार नागरिक र सिंहदरवार भित्रका ७ हजार कर्मचारीहरुलाई राष्ट्रिय परिचयपत्र उपलव्ध गराउने कार्य
सुरु गरिएको छ ।

८- सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग कार्यसम्पादन सम्झौता गरी कार्यान्वयनमा ल्याइएको छ । प्रमुख जिल्ला अधिकारीको
कार्यसम्पादनको मूल्याङ्कन सोही आधारमा हुने व्यवस्था मिलाइएको छ ।

९-मुलुकको संघीय संरचना अनुरुप सबै स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको पहुँचलाई ७५३ स्थानीय तहमा विस्तार
गरी सम्पूर्ण स्थानीय तहमा नेपाल प्रहरीको उपस्थितिको व्यवस्था मिलाई सकिएको छ र विगतको तुलनामा यस अवधिमा प्रहरी गतिशीलतामा १३.१५५ ले वृद्धि भएको छ । सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षातर्फ १० वटा थप वोर्डर आउटपोष्ट सहित ५६ वटा नयाँ एकाइहरु स्थापना गरिएको छ ।

१०- विदेशी नागरिक अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याइएको छ । बिद्युतीय टोकन प्रणाली मार्फत प्रवेशाज्ञा वितरण सेवा सुरु गरिएको
छ । नेपाल र संयुक्त राज्य अमेरीकावीच पारस्परिकताका आधारमा बहुवर्षीय प्रवेशाज्ञा उपलव्ध गराउने व्यवस्था मिलाइएको छ । अध्यागमनको आधुनिकरण र व्यवस्थित गर्ने कार्य प्रारम्भ गरिएको छ ।