आफ्नो एक बर्षको कार्यकाल सफल भएको गृहमन्त्री बादलको दाबि

प्रकाशित मिति:

काठमाडौं । नख्खु बमकाण्डको तीन दिनपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफ्नो एक वर्षे कार्यकाल सफल भएको दाबीसहित कामको फेहरिस्त सार्वजनिक गरेका छन् । एक लघु पुस्तिका सार्वजनिक गर्दै उनले यो अवधिमा गृह प्रशासन अपराध र अनियमितता नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्नका लागि सफल भएको समेत दाबी गरेका छन् ।गृहमन्त्री सचिवालयले २४ पृष्ठको पुस्तिका सार्वजनिक गरे पनि १० वटा बुँदालाई मुख्य उपलब्धी मानिएको छ । जसमा सुन तस्करी नियन्त्रण, यातायात क्षेत्रको सिन्डिकेट अन्त्यदेखि २१ वटा कानुन तर्जुमा गरिएका विषयसम्म समेटिएका छन् ।

ती बाहेक १२ वटा खण्डमा गृहमन्त्री सचिवालयले आफ्नो प्रगति विवरण राखेको छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण, संगठित अपराध र तस्करी नियन्त्रण, सार्वजनिक सुव्यवस्था, ट्राफिक व्यवस्थापन र पूर्वाधार विकास, विपद्पछिको खोज तथा उद्धार र राहत, कारागार सुधार, अध्यागमन तथा सीमा व्यवस्थामा सुधार, राष्ट्रिय परिचय पत्र व्यवस्थापन, लागूऔषध नियन्त्रण लगायत समेटिएका छन् ।त्यस्तै, शान्ति प्रवद्र्धन तथा राहत वितरण, ऐन कानून तर्जुमा, संगठन संरचना, जनशक्ति व्यवस्थापन र शासकीय सुधार, अन्तर्राष्ट्रिय समन्वय तथा स्थानीय प्रशासन र अन्तर्राष्ट्रिय समन्वय तथा स्थानीय प्रशासन विधालाई समेटिएको छ ।पुस्तिका सार्वजनिकसँगै प्रेस विज्ञप्ति जारी गृह प्रवक्ता एवं सह–सचिव रामकृष्ण सुवेदीले आफूहरु ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासनः विकास र समृद्धिका लागि शान्ति, सुरक्षा र सुशासन’ भन्ने नारासहित तयार भएको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सफल कार्यान्वयन सफल भएको दाबी गरेका छन् ।