होटल क्षेत्रमा स्वदेशी लगानीकर्ताको आकर्षण बढ्दै

प्रकाशित मिति:

काठमाडौँ /होटलमा लगानी गर्न लगानीकर्ताहरुको आकर्षण बढेकोछ । दुईवर्षमा स्वदेशी लगानीकर्ताले एक खर्बभन्दा बढी रकम लगानी गरेका छन् । सबैभन्दा बढी चार तारे होटल खोल्न बढी लगानी भित्रिएको छ । वैदेशिक लगानीकर्ताहरुको प्रतिवद्धता मात्र आउने गरेको छ ।आर्थिक वर्ष २०७३÷७४ मा होटल सञ्चालनका लागि वैदेशिक लगानी ३ खर्ब रुपैयाँको प्रतिवद्धता आएको छ । बैदेशिक प्रतिवद्धता कार्यान्वयन नभएपनि स्वदेशी लगानी भने बढेको देखिन्छ । नेपालमा हालसम्म १० खर्ब भन्दा बढी लगानी होटल क्षेत्रमा छ । अहिले विभिन्न पर्यटकीयस्थलमा तारे होटल सञ्चालनका लागि लगानीकर्ताहरु बढेको पर्यटन विभागले जनाएको छ ।

नेपालमा सञ्चालित एकसय ३० होटल मध्ये यसअघि काठमाडौंका हिमालय होटल र शंकर होटल मात्र चारतारे होटलमा वर्गिाकरण थिए । हाल दुईवर्ष अवधिमा ६ वटा चारतारे होटलमा वर्गिकरणमा परेका छन् । नेपालमा जम्मा १२ वटा पाँचतारे होटल छन् । जसमध्ये काठमाडौंको नयाँबानेश्वरमा रहेको होटल एभरेष्ट र पोखराको द फुलबारी होटल सञ्चालनमा छैनन । हाल निर्माणाधिन रहेका पाँच र चार तारे होटलमा ३२ अर्ब ५९ करोडको लगानी रहेको छ ।होटल क्षेत्रमा लागानी बढेपनि सरकारी नीति नियम अझै सबल हुन सकेको छैन । होटल उद्योगलाई राष्ट्रिय प्राथामिकताको उद्योगमा नराख्नु दुखत भएको होटल एशोसिएनले जनाएको छ ।सन् २०२० भित्र सरकारले २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको छ । जसमा होटल क्षेत्रले हाल २५ लाख पर्यटक धान्न सक्छ ।