सार्वजनिक यातायातमा नयाँ भाडादर कायम हुने

प्रकाशित मिति:

काठमाडौँ / सार्वजनिक यातायातमा नयाँ भाडादर कायम हुने भएको छ । व्यवसायीहरुको दवावपछि यातायतको भाडा बढाउन लागिएको हो । असोजमा १० प्रतिशत भाडा वृद्धि गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुन भाडा वृद्धि गर्न लागेको हो ।सरकार र यातायात व्यवसायीबीच असोजमा भएको चार बुँदे सम्झौता अनुसार वैज्ञानिक तवरले भाडादर र कायम गर्न समिति बनाउने र त्यसले दिएको प्रतिवेदनमा आधारमा मंसिरमा भाडादर समायोजन हुने उल्लेख गरिएको थियो । सोही आधारमा सार्वजनिका सवारी साधनको भाडा बढाउन लागिएको हो ।

अब सार्वजनिक भाडादर निर्धारण गर्दा पेट्रोलियम पदार्थलाई ३५ प्रतिशत र बाँकी राजश्व वृद्धि, ,मजदुर ज्याला, पाटपुर्जा,महँगी लगायतका १८ वटा सूचीका आधारमा ६५ प्रतिशत मुल्य समायोजन गरिनेछ ।