सेड्रिना र कृशल बीचको रोमान्स लाई दर्शकले रुचाए

१३ फाल्गुन २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया


कृशल कडेल र किशोरी नायिका सेड्रिना शर्माले अनस्क्रिन शेयर गरेको गीत र म्युजिक भिडियो दर्शकहरुले अत्याधिक मन पराएका छन् । युट्युबमा २४ घन्टा भित्र झण्डै ५ लाख पटक हेरिएर नयाँ कीर्तिमान पनि बनाएको छ।‘ओढेर घूँघट’ बोलको यो गीत उदयीमान गायज कृशलको डेब्यु गीत हो र यो समाचार तयार पार्दासम्म गीत युट्युबमा ९ लाख पटक हेरिएको छ र ट्रेण्डिङ पनि उकालो लाग्दै ८ मा आइपुगेको छ। यस अघि यो जोडी संगै अन्तरवार्ता दिएर युट्युबमा भाइरल भइ ट्रेण्डिङ्ग परेको थियो।

बहुसंख्यक फ्यानहरुले उनीहरुलाई संगै स्क्रिनमा हेर्ने चाह पनि राखेका थिए। सेड्रिनाले यस अघि ‘नाईँ नभन्नु ल ५’मा अभिनय गरेर चर्चामा आएकी थिइन् । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा गीतकार गजलकार नृपेश उप्रेतीको शब्द रहेको छ।यसमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोलाई भद्रगोलका निर्देशक दिपक आर्चायले निर्देशन गरेका हुन् भने कोरियोग्राफी तेन्जु योञ्जनले।यसैगरी म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने चन्दन दत्तले सम्पादन गरेका हुन्

फेसबुकबाट तपाईको प्रतिक्रिया