ल्वाङबारे जान्नुहोस् यि आश्चर्यजनक फाइदाहरु

१३ फाल्गुन २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
48 Shares


काठमाडौं /ल्वाङ बोटमा बासनादार फूल हुन्छ । जसदलाई सुकाएरु मसला बनाइन्छ । जसमा औषधीय गुणयुक्त युजेनल नामक तत्व हुन्छ । त्यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्छ ।ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाइवा नामक रस बढी नै उत्पादन हुन्छ । जसले खाना पचाउन मद्दत गर्नुका साथै एसिडिटीको समस्याबाट राहत दिलाउँछ ।

ल्वाङको सेवनले रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत पु¥याउँछ ।ल्वाङमा हुने पोटासियम र भिटामिन एको मात्राले शरीरमा कमजोरीपन आउने समस्या हटाउन सहयोग गर्छ ।ल्वाङले आँखाको ज्यातिलाइ कायम राख्न मद्दत गर्छ । साथै, पिनासको जोखिम कम गर्छ ।ल्वाङ हालेको चिया नियमित पिउँदा दाँत बलियो हुने, मुखभित्रका घाउ निको हुने गर्छ । त्यसैगरी, कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ । यो सामग्री नयाँ पत्रिकामा प्रकाशित रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया