आज अष्टमीव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन, २०७५ फागुन १४ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको १४ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको सप्तमी तिथि विहान १०।१७ बजेसम्म रहनेछ । सो पश्चात् अष्टमी तिथि रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अनुराधा नक्षत्र विहानका राति ३।५५ बजेसम्म रहनेछ । यसैगरी आज व्याघात योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।३४ मा छ भने सूर्यास्त बेलुका ६।०१ बजे हुनेछ ।

चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज अष्टमी व्रतका साथै गोरखकाली पूजा पनि परेको छ । यसैगरी आज दुर्गा भगवतीको उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५