जनसंपर्क समिती भर्जिनिया च्याप्टरले नेपाली कांग्रेसका नेताहरु संग गर्‍यो भेट्घाट

प्रकाशित मिति:

अमेरिका – संयुक्त राज्य अमेरिका को भ्रमणमा रहनु भएका नेपाली कांग्रेस काठमाडौंका नेताहरु सँग भर्जिनियामा एक भेट्घाट कार्यक्रम सम्पन्न भएको छ ।नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर को संयोजनमा भएको उक्त कार्यक्रम मा सहभागिहरु बाट नेपाल को बर्तमान राजनितिक अवस्था नेपाली कांग्रेसको निती कार्यक्रम र गतिबिधिहरु तथा बर्तमान बाम सरकारका कृयाकलापहरु सम्बन्धमा आफ्ना धारणा र जिज्ञासा राखिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बाँनियाले पार्टीका गतिबिधिहरुको चर्चा गर्दै नेपाली कांग्रेसको नेत्रित्वमा नै मुलुक गृहयुद्ध को भुमरीबाट मुक्त हुन सकेको र बर्तमान संबिधान निर्माण भएकोले संबिधान,गणतन्त्र र संघियतालाई सम्बर्धन र जगेर्ना गर्ने जिम्मेवारी पनि कांग्रेस कै काँधमा आएको छ भन्नु भयो ।बर्तमान नेपाल सरकार सबै क्षेत्र मा असफल भएको र जनताहरु निरास भैसकेका छन भन्नुहुँदै उहाले नागरिकका मौलिक हक अधिकारको संरक्षण र सम्बर्धन गर्न नेपाली कांग्रेस जस्तो सुकै मुल्य चुकाउन पनि पछी पर्दैन भन्नुभयो ।

सो अवसर मा नेका काठमाडौं क्षेत्र नं ३ का सभापति एबम गोकर्णेश्वर नगरपालिका का मेयर सन्तोष चालिसेले स्थानिय निकाय हरुले भोगिरहेका समस्या र नगरबासीहरुका अपेक्षाको बारेमा चर्चा गर्दै बिकसित मुलुकमा रहेका नेपाली जनसमुदायले आफ्नो ज्ञान सिप र अनुभबलाई सेयर गरेर पनि मातृभूमी लाई सहयोग गर्न सकिन्छ भन्नुभयो ।नेका काठमाडौंका नेता एबम क्षेत्र नं २ का सभापति उपेन्द्र कार्की ले जनताले कांग्रेसलाई सदैब विश्वाश र भरोसा गरेका छन त्यसैले कांग्रेस कार्यकर्ताले एकजुट भएर जनता का हक अधिकार र जनजिबिका का लागि काम गर्न सकेमा आगामी निर्वाचनमा कांग्रेस को बिजय लाई कसैले रोक्न सक्ने छैनन भन्नु भयो ।

उक्त अवसरमा नेका काठमाडौं जिल्ला सदस्य लभराम दाहाल,नेका महासमिती सदस्य हरिबोल भण्डारी,नेका महाधिवेशन प्रतिनिधिद्वय प्रमोद सिटौला र हेमराज भट्ट ले पार्टी को निती संगठनात्मक गतिबिधी र जनसंपर्क समिती लगायत भात्री संगठनहरुका भूमिका को बारेमा आफ्ना धारणा राख्नु भएको थियो । नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर का सभापति राम शरण हुमागाई को स्वागत मन्तब्य बाट सुरु भएको उक्त कार्यक्रम मा एनआरएन भर्जिनिया च्याप्टर सभापति गोविन्द सुबेदी,सामाजिक अभियन्ता कृष्ण भण्डारी नेपाली जनसंपर्क समिती का डा देशराज संयोक,भरत रेग्मी,राम मिश्र,बिपिन उप्रेती लगायत महानुभावहरुले समसामयिक बिषयहरुमा आफ्ना बिचार र मन्तब्य राख्नु भएको थियो ।