लिस्नु कप फुटबल  ,ट्राइब्रेकरमा पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र विजयी

प्रकाशित मिति:

टोपराज शर्मा \साउन,१० बुटवल । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
पशुपति माविको मैदानमा बिहिबार भएको खेलमा जनज्योति युवा क्लब डिङगरनगर तिलोत्तमा ट्राइब्रेकरमा पाखा लगाएको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएको खेलको ट्राइब्रेकरमा पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र ३–१ गोल अन्तरले विजयी भएको हो ।जितका लागि ट्राइब्रेकरमा पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका विवेक पाण्डे,निशान न्यौपाने र धनिराम चौधरीको प्रहार सफल भयो भने टिम क्याप्टेनको प्रहार सफल हुन सकेन । ट्राइब्रेकरमा जनज्योतिको तर्फ बाट राजेश परियारको प्रहार सफल भए पनि विश्व अधिकारी,राहुल गुरुङ्ग र लक्ष्मण जिसीको प्रहार सफल हुन नसक्दा ३–१ गोल अन्तरले प्रहरी विजयी भएको हो ।यस अघि पहरीको तर्फ बाट खेलको पहिलो हाफको २४ औं मिनेटमा विवेक पाण्डेले १ गोल गरे भने जन ज्योतिको तर्फ बाट दोस्रो हाफको १४ औ मिनेटमा गोल गरेपछि खेल बराबरीमा रोकिएको थियो ।विहिवारको खेलमा प्रहरीकै गोलकिपर लाल बहादुर थापा म्यान अफ द म्याच घोषित भए ।शुक्रबार भरतपूर युवा क्लव चितवन र वालिङ्ग नगरपालिका नयाँ बजारबीच प्रतिस्पर्धा हुने खेल संयोजक बुद्धिप्रसाद गुरुङले जानकारी दिए । साउन २१ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११ सहित रुपन्देही,नवलपरासी,दाङ,स्याङजा र चितवनका गरी १६ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।