नेविसंघको संयोजक बन्न होडबाजी ,तनहुँबाट को–को छन् त आकाक्षी

तनहुँबाट कोको छन् त आकाक्षी 

प्रकाशित मिति:

प्रकाश अधिकारी तनहु \ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विगत दुई हप्ता देखि नेतृत्व विहिन रहेको छ । तदर्थ समितिको संयोजक तथा पदाधिकारीको लागि तनहुँबाट महामन्त्री सहित केन्द्रीय सदस्यसम्म लागिरहेका छन् । नेविसंघ अध्यक्ष नैनसिंह महरले राजिनामा दिएपछि पार्टीले तदर्थ समिति बनाएर सो कार्य समितिले महाधिवेशन गराउने गरी नयाँ नेतृत्वलाई जिम्मेवारी दिन लागेको हो । पार्टीले केही दिन देखिको जारी केन्द्रीय कार्य समितिको वैठकमा छलफल गरी रहेको छ । नेविसंघका विभिन्न गुुटका नेताहरु आ–आफ्नो लबिङमा लागिरेहका छन् । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल देखि उपसभापति र महामन्त्रीद्धयहरु आपूm निकट विद्यार्थी नेताहरु बनाउनका लागि कसरत गरिराखेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले ऋिषिकेशजंग शाह, राजीव ढुङ्गाना र आनन्दराज त्रिपाठीलाई उम्मेदवार बनाउन लागि रहेका छन् । वरिष्ठ नेता पौडेलले मनोजमणि आचार्य र दिपक भट्टराईलाई बनाउन सिफारिस गरेका छन् । त्सस्तै उपभापतिद्धय विमलेन्द्र निधिले सरोज थापा र विजयकुमार गच्छदारले कपिलेश्वर यादव बनाउन देउवालाई दबाब दिइरहेका छन् । महामन्त्री शशांक कोइरालाले सागर परियार र निलकण्ठ रिजाललाई र अर्का महामन्त्री पूर्णबहादुर खड्काले शुभराम बस्नेतको नाम पार्टीमा चलाएका छन् । त्यस्तै पार्टीमा तेस्रो धारको नेतृत्व गरेका कृण्णप्रसाद सिटौलाले बलदेव तिमल्सिनाको नाम लिएका छन् । पार्टीमा तदर्थ समितिको संयोजक बनाउदा ३२ वर्ष उमेरहद लगाउनेकी नलगाउने भन्नेमा पाटीभित्र छलफल भैरहेको छ । सभापति देउवा सहित उनी पक्ष नेताहरु उमेरहद नलगाउने पक्षमा धेरै देखिन्छन्। उमेरहद लगाउन दबाव आएको खण्डमा भने प्रकाश घिमिरे, प्रेमराज जोशी, अम्बिका चलाउने लागायतको नाम चर्चामा रहेको छ ।

तनहुँबाट कोको छन् त आकाक्षी

नेविसंघको तदर्थ समितिको संयोजक देखि पदाधिकारीसम्म बन्नका लागि तनहुँबाट महामन्त्री आन्नदराज त्रिपाठी देउवाको रोजाईमा रहेका छन् । त्रिपाठी पार्टीको महासमिति सदस्य समेत हुन ।त्यसैगरी नेविसंघका पूर्व केन्द्रीय सदस्य दिपक भट्टराई वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले हुने दाउमा रहेका छन् उनी पनि पार्टीको महाधिवेशन प्रतिनिधि हु्न् । सह–महामन्त्री लक्ष्मीभक्त खनाल तदर्थ समितिको महामन्त्री बन्नका लागि दौडधुपमा छन् । पूर्व जिल्ला सभापति ध्रुव वाग्लेको सिफारिसमा उपसभापति विमलेन्द्र निधि लागिरहेका छन् । त्यस्तै केन्द्रीय सदस्य शुशिल तिमिल्सिनालाई संयोजक बनाउनका लागि वरिष्ठ नेता पौडेलका पुत्र चिन्तन पौडेलले बुवालाई दबाव दिइ रहेको एक स्रोतले जानकारी दिएको छ । नेविसंघमा पार्टी सभापति देउवाको त्रिपाठी र पौडेलको भट्टराई संयोजक नभएको खण्डमा गण्डकी प्रदेशबाट खनाललाई महामन्त्री बनाउने सम्भावना बलियो रहेको बुझिएको छ । तर केन्द्रीय कार्य समितिमा पार्टी सभापति देउवाको बहुमत भएको कारण उनकै टिम भित्रबाट संयोजक हुने निश्चित रहेका देखिन्छ ।