भारतले बदला लियो , पाकिस्तानमा बर्सायो हजार किलोको बम

‘बालाकोट, चकोटी, मुजफ्फराबादमा जैशका इलाका ध्वस्त

प्रकाशित मिति:

काठमाडौ \ कश्मिरको पुलवामा भएको आत्मघाती आक्रमणपछि आक्रोसित बनेको भारतले पाकिस्तानलाई यसको बदला लिएरै छाड्ने चेतावनी दिँदै आएको थियो । यस्तै चेतावनीकाबीच पाकिस्तानले हिजोमात्र भारतसंग शान्ती स्थापनाका लागि एक मौका समेत मागेको थियो तर भारतले धम्कीकै बीचमा पुलवा घटनाको १२ दिनपछि पाकिस्तानबिरुद्ध ठुलो कारवाही गरेको छ । मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा एलओसी पार गरी पाकिस्तान प्रशासित काश्मिरमा छिरेर चरमपन्थी गुटमाथि हमला गरेको हो । जैस ए मोहम्मदलाई ठेगान लगाउन भारतले १२ वटा मिराज विमानमार्फत हजार किलो बम बर्साएको हो । भारतको आक्रमणबाट पाकिस्तानमा रहेका विभिन्न चरमपन्थी क्याम्प ध्वस्त पारिएको भारतीय मिडियाले दाबी गरेको छ । आक्रमणबारे भारतीय वायुसेनाको सूत्रले पुष्टी गरेको छ ।

स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले भनेको छ ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा जैशका इलाका ध्वस्त भएको छ । बालाकोट पाकिस्तानको प्रान्त खैबर पख्तूनख्वाहमा अवस्थित छ । हमला भएको स्थान एलओसीभन्दा करिब ५० किलोमिटर टाढा छ । भारतले पुलवा घटनाको बदला लिन सरकारी अधिकारी र भारतीय सेनाबीच निरन्तर वार्ता गरिरहेको थियो । अन्तत भारतले आतंकवादबिरुद्ध गरेको यो हमलालाई अन्तराष्ट्रिय मिडियाले निकै चासोका साथ हेरेको छ । यता पाकिस्तानले शान्तीका लागि एक मौका माग्दा माग्दै भारतले गरेको आक्रमणपछि यसको आलोचना गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दे लेखेका छन् ‘भारतीय वायुसेनाले मुजफ्फराबाद सेक्टरमा घुसपेठको कोसिस गरेको थियो’ । यता भारतले पुलवा घटनापछि पाकिस्तानमा जवाफी हमला गर्ने अनुमान गरिरहँदा हजार किलो बम बर्साउला भनेर कसैले सोचेका थिएनन् । भारतले गरेको उक्त आक्रमणलाई सोचे भन्दा बढि भएको टिप्पणी गरिएको छ ।