शहीद गंगालालका छोरा शशीलालको निधन

प्रकाशित मिति:

काठमाडौं – शहीद गंगालाल श्रेष्ठका छोराको आज (मंगलबार) विहान निधन भएको छ ।

शहीद गंगालालका छोरा शशीलाल श्रेष्ठको ७८ वर्षको उमेरमा मंगलबार बिहान साढे ३ बजे निधन भएको आफन्तले जानकारी दिएका छन् । काठमाडौंको शोभाभगवतीमा आजै अन्तिम संस्कार गरिने जनाइएको छ ।
(तस्विरमा शहीद गंगालाल)