तोडियो डा.केसीको अनसन , लगभग सबै माग पुरा

प्रकाशित मिति:

२७ देखी मेडिकल शिक्षा सुधारको लागि अनसनरत डा।गोबिन्द केसीको माग पुरा गर्न सरकार तयार भएको छ । यो सँगै अब गोबिन्द केसीको १५ औं अनसन तोडिएको छ । सरकार र डा। गोविन्द केसीबीच चिकित्सा शिक्षा सुधारका मागमा सहमति भएको हो। भर्खरै केसी र सरकार पक्षबीच सहमति हस्ताक्षार भएको छ। सहमतिपछि केसीको २७ दिन लामो अनसन तोड्न सबै टिचिङ अस्पताल भेला भएका छन्। यो सहमतिसँगै डा।केसीले राखेका अधिकांश माग पूरा भएका छन्। उनका मागअनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको छ। मुख्य गरि काठमाण्डौमा १० बर्ष सम्म मेडिकल कलेज खोल्न दिने नदिने कुरामा सरकार र केसी बिच कुरा नमिले पनि अन्त्यमा सरकार केसीको मागमा घुडा टेकेको हो ।