कांग्रेस बैठक अझै सुरु हुन सकेनः पौडेल, सिटौला अनुपस्थित

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ः३० बजेसम्म सुरु हुन सकेको छैन । मंगलबार ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक अनुशासन र निर्वाचन समिति गठनको माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले अनुपस्थित भएपछि बैठक बस्न नसकेको हो ।

बैठक सुरु गर्ने भन्दै सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षीय सदस्यहरु भने बैठक हलमा बसिरहेका छन् भने पौडेल र सिटौला पक्षहररु कार्यालयमै रहेपनि बैठक हलमा गएका छैनन्। आजको बैठकमा यी दुई समिति गठन गर्ने कार्यतालिका रहेको छ ।