फरार प्रतिवादीबाट बिगो असुली

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल ,स्याङ्जा/जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न घट्नामा संलग्न भई अदालतले दोशी ठहर गरेको अभियुक्तहरु धमाधम पक्राउ गर्दै बिगो असुली गर्न सफल भएको छ । जबरजस्ती चोरी र जालसाजीमा संलग्न भई अदालतले दोसी ठहर्याएपानी फरार रहेका अभियुक्रबाट प्रहरीले बिगो असुली गरेको हो । प्रहरीले फरार रहेका अभियुक्तलाई पक्राउ गरी अदालतले बिगो सुनाएको रकम असुली गर्न सफल भएको प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । जबरजस्ती चोरीमा ५ जनाबाट ५० बिगो बराबर २ सय ५० र जालसाजीमा १२ जनाबाट १४७८ बिगो असुली गरेको भण्डारीले जनाए ।

सबै फरार प्रतिवादीहरु पुतलीबजार नगरपालिका ८ र ९ का रहेका छन् । अदालतमा उपस्थित भई अदालतले तोकेको बिगो प्रतिवादीहरुले बुझाएको प्रहरीले जनाएको छ । पछिल्लो समय फरार सुचीमा रहेको अभियुक्रहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सफल हुदै आएको छ । ३ दशक भन्दा अगाडी अदालतले दोसी सुनाएका अभियुक्त देखि ५ बर्ष अगाडीका करिव २ दर्जन अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ ।