कोदालोको पासोले हानेर श्रीमतिको हत्या

प्रकाशित मिति:

बिर्तामोड – झापामा कोदालोको पासो र बाँस प्रहार गरी श्रीमानले श्रीमतिको हत्या गरेका छन् । मेचीनगर नगरपालिका–१५ का ३५ वर्षीय लखिन्द्र राजवंशीले घरायसी विवाद हुँदा मंगलबार बिहान ३४ वर्षीय चम्पली राजवंशीको हत्या गरेका हुन् ।

मंगलबार बिहान करिब साँढे ६ बजेतिर राजवंशीले श्रीमतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार कोदालोको पासोले लागेर राजवंशीको घटनास्थलमा नै मृत्यु भएको थियो । चम्पालीको शव पोष्टमाटमका लागि मेची अंचल अस्पताल भद्रपुर पठाइएको छ । हत्यामा संलग्न लखिन्द्र राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ ।