गण्डक नहरको किनारमा एक अज्ञात ब्यक्तिको बेवारिशे शव फेला

प्रकाशित मिति:

नवलपरासी/नवलपरासीको विनयी त्रिबेणी ७ गण्डक नहरको किनारमा एक अज्ञात ब्यक्तिको बेवारिशे शव मंगलबार विहान फेला परेको छ । नाम, थर र वतन नखुलेको ब्यक्तिको शव फेला परेको त्रिबेणी प्रहरलिे जानकारी दिएको छ ।

विनयी त्रिबेणी ७ रानिनगर स्थित गण्डक नहरको किनारमा रहेको प्रतिक्षालयमा जुटको बोरा आछ्याएर जुटकै बोरा ओढेर सुतेको अवस्थामा उक्त मंगलबार विहान शव फेला परेको प्रहरीले बताएको छ । शवलाई पोष्र्टमार्टमका लागी पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा लगिएको प्रहरीले जानकारी दिएको छ ।