मैत्रिपूर्ण डबल ब्याट्मिन्टन् प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

रुपन्देही/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले पत्रकार स्व. देव बहादुर पाटा मगरको १० औं स्मृतिमा रुपन्देहीमा क्रियाशिल पत्रकारहरुका बीचमा मैत्रिपूर्ण डबल ब्याट्मिन्टन् प्रतियोगिता सम्पन्न गरेको छ ।मंगलबार बुटवलमा भएको प्रतियोगिताको उपाधी आयोजकको तर्फबाट कमल थापा र सुन्दर गुरुङको जोडिले हात पार्न सफल भए । आयोजककै मिलन गाहा र सुन्दर तरामुको जोडिलाई हराउँदै गुरुङको जोडि विजेता बन्न सफल रह्यो । विजेता टिमले मेडल, प्रमाणपत्र र पाँच हजार पुरस्कार प्राप्त गरे । उपविजेतामा चित्त बुझाएका मिलन र सुन्दरको जोडिले तीन हजार नगद सहित, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

त्यसैगरी सेमिफाइनलमा पुग्न सफल प्रेस युनियनका तर्फबाट यमलाल भूषाल र विश्वास ढकालको जोडि र कृषि पत्रकार समाजका तर्फबाट दिनेश कुमार श्रेष्ठ र घनश्याम गौतमको जोडिले मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरे । विजयी खेलाडिहरुलाई जिल्ला खेलकुद विकास समिति, रुपन्देहीका अध्यक्ष योग बहादुर गुरुङले पुरस्कार प्रदान गर्दै पत्रकार जगतले खेलकुद्लाई गरेको माया र प्रवद्र्धनप्रति खुशी व्यक्त गर्नुभयो । स्वास्थसंग खेलकुद् जोडिएकाले खेलकुद्को प्रवद्र्धन नै स्वास्थको प्रवद्र्धन भएको बताउनु भयो ।
फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष पत्रकार स्व. देव बहादुर पाटाको स्मृतिमा बुटवल ब्याट्मिन्टन् क्लबको बुटवल–११ स्थित माझगाउँमा रहेको नव दिलिप कभर्ड हलमा आयोजना गरिएको खेलमा १० टिमको सहभागिता रहेको थियो ।कार्यक्रम फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाको अध्यक्षता तथा उपाध्यक्ष दिपु मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
बुटवलबाट प्रकासित राज्यसत्ता साप्ताहिकका सम्पादक रहेका पत्रकार देव बहादुर पाटाको २०६५ साल फागुन १४ गते बुटवल लखनचोक चौराहमा ट्रकले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको थियो । फोनिज रुपन्देहीले हरेक वर्ष पाटाको स्मृतिमा रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ । पत्रकार पाटाको योगदानलाई अक्षुर्ण राख्न स्व.देव बहादुर पाटामगर स्मृति पत्रकारिता पुरस्कारको समेत स्थापना गरिएको छ ।