राँगाको आक्रमणमा परेका नासु श्रेष्ठको मृत्यु

प्रकाशित मिति:

काठमाडौं । राँगाको आक्रमणमा परी घाइते भएका नायव सुब्बा कान्छा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ ।चन्द्रागिरि नगरपालिका ५ महाँदेवस्थानका ५२ वर्षीय श्रेष्ठ शनिबार ९फागुन ११ गते० चन्द्रागिरि ९ मच्छेगाउँमा राँगाको आक्रमणबाट सख्त घाइते भएका थिए ।उनको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । श्रेष्ठको मंगलबार नै अन्त्येष्टि गरिएको छ ।

घाइते मध्ये चन्द्रागिरि नगरपालिका ४ त्रिभुवन पार्ककी ४५ वर्षीया देवि राना र वडानम्बर ९ का ८० वर्षीय काजी महर्जन भने डिस्चार्ज भएका छन् ।राँगाको आक्रमणमा प्रहरी हवल्दारसहित आधा दर्जन मान्छे घाइते भएका थिए । आक्रमणमा ७० वर्षीय मानवीर महर्जनको शनिबार नै मृत्यु भएको थियो ।आक्रमण गर्ने राँगोलाई प्रहरीले दहचोकमा गोली हानेर मारिसकेको छ ।