करेन्ट लागेर ३० वर्षीय मुसितको मृत्यु

प्रकाशित मिति:

करेन्टबाट धेरैले ज्यान गुमाएको छ भने कतिपयको शरीरको अंग गमाउनु परेको छ । पछिल्लो समय यस्तो घटना बढ्दै गएको छ । यस्तै झापामा पनि मंगलबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

घर बनाउने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको हो । सुनसरी इनरुवा नगरपालिका ५ का ३० वर्षीय मुसित मंसुरीको कमल गाउँपालिका ५ का सूर्यकुमार राईको घर बनाउने क्रममा मृत्यु भएको प्रहरीले बताए। मुसितलाई घरको टाली काट्ने क्रममा करेन्ट लागेको लागेको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उपचारको लागि करेन्ट लागेर घाइते भएका मंसुरलाई अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो ।