पोर्तुगलमा निधन भएका नेपाली युवा हरि कुँवरको भावपूर्ण अन्तिम विदाइ

प्रकाशित मिति:

लिस्बन /गत फेब्रुअरी २२ तारिख पोर्तुगलमा निधन भएका नेपाली युवा हरि कुँवरको आज लिस्बनमा अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कार सम्पन्न भएको छ ।हेम्जा पोखरा स्थायी घर भएका कुँवरको ब्रेन ट्युमरका कारण उपचारको क्रममा निधन भएको थियोे ।उनलाई अन्तिम श्रद्धाञ्जली दिन लिस्बनमा ठूलो मात्रमा नेपालीहरु उपस्थित भइ उनको भावपूर्ण बिदाइ गरे ।एनआरएनए पोर्तुगल र प्रवासी नेपाली एकता मंच पोर्तुगलले संयुक्त रूपमा आयोजना गरेको संक्षिप्त श्रद्धाञ्जली सभामा लिस्बनका लागि अवैतनिक नेपाली बाणिज्यदुत मकरबहादुर हमाल, एनआरएनए अध्यक्ष कुबेर कार्की, प्रवासी नेपाली एकता मंचका नेता रोबोट लिम्बूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदनासहित श्रद्धाञ्जली मन्तव्य दिएका थिए ।

यसैगरि मृतक कुँवरको जीवनीकोबारेमा उनका निकटम एंव प्रवासी नेपाली मंच पोर्तुगलका भुतपुर्व अध्यक्ष सुभाषचन्द्र अधिकारीले प्रकाश पारेका थिए । श्रद्धाञ्जली सभालाई एनआरएनए पोर्तुगलका महासचिव निराजन सुवेदीले संचालन गरेका थिए ।मृतक कुँवर समाजसेवी र सहयोगी भावनाका लोकप्रिय युवा थिए । उनी प्रवासी नेपाली एकता मंचको संगठित पार्टी सदस्यको रूपमा पनि क्रियाशील थिए ।उनकी ३ महिनाकी एक छोरी र श्रीमती पोर्तुगल मै बस्दै आएका छन् ।यसैबीच प्रवासी नेपाली एकता मंच पोर्तुगलकोतर्फबाट शोक बक्तब्य प्रकाशित गरि मृतक आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा मंचकोतर्फबाट समवेदना व्यक्त गरिएको छ ।