नेपालको अन्तिम खेल कुबेतसँग

प्रकाशित मिति:

काठमाडौं । आईसीसी टी२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले आफ्नो अन्तिम खेलमा कुबेतसँग प्रतिस्पर्धा गर्दैछ ।थाइल्यान्डको बैंककमा आज नेपालले कुबेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।कुवेतलाई पराजित गर्दै नेपाल सुखद अन्त्य गर्ने लक्ष्यमा छ । विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना असम्भव जस्तै भएको कारण कुवेतविरुद्धको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो ।त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो भने पाँचौ खेलमा चीनलाई पाँच रनले पराजित गर्न नेपाल सफल भएको थियो ।