ढल्केबरमा बस र ट्रक ठोक्किँदा २ को मृत्यु

प्रकाशित मिति:

जनकपुर । धनुषाको ढल्केबरमा गएराति बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।ना ५ ख ४९६ नम्बरको बस र ना ६ ख ९४२९ नम्बरको ट्रक ढल्केबरस्थित ट्राफिक कार्यालय अगाडि ठोक्किँदा भारत मोतिहारीका २५ वर्षीय उदेश ठाकुर र क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी शिवदेवी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठाकुरको घटनास्थलमै र मण्डलको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । घाइते र मृत्यु हुनेहरू सबै बसका यात्रु हुन् ।घाइतेहरूको ढल्केबर र लालगढस्थित निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।