देशभरको मौसम बदली

प्रकाशित मिति:

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ । काठमाडौं उपत्यकामा केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने र पानी पर्ने मौसमविदको पूर्वानुमान छ । पश्चिमी भागका अधिकांश स्थानमा भने पानी परिरहेको छ

पश्चिम, मध्य र पूर्वी भागका उच्च स्थानमा हिमपात पनि भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मध्य, पश्चिम र पूर्वी भूभागको मौसम बिहीबार बेलुकीसम्म बदली हुने पूर्वानुमान छ । शुक्रबारबाट मौसममा क्रमिक सुधार आउने मौसमविद बासीले बताइन् ।