भारत–पाकीस्तान तनाव  तीव्र

प्रकाशित मिति:

नयाँ दिल्ली — भारतले पाकिस्तानको बालाकोटस्थित शिविरमा हवाई आक्रमण गरी ३ सय विद्रोही मारेको दाबी गरेको छ  । भारतका विदेश सचिव विजय गोखलेले ऊक्त क्षेत्रमा रहेको लडाकु समूह जैस–ए–मोहम्मदको शिविरमा आत्रमण गरेको जनाए  । भारतले फेब्रुअरी १४ मा कश्मीरको पुलवामामा सुरक्षाकर्मीलाई लक्षित गरी झएको आक्रमणको जिम्मेवार जैस–ए–मोहम्मदको शिविरमा आत्रमण गरेको दाबी गरेको हो । कश्मीर घटनामा ४६ भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो । विदेश सचिव गोखलेले गुप्तचर संस्थाको सूचनाका आधारमा विद्रोही समूह जैस–ए–मोहम्मदको शिविरमा आक्रमण गरेको दाबी गरे । उक्त समूहले आफ्नो देशमा पुनः आत्मघाती आक्रमण गर्ने तयारी गरिरहेको सूचनापछि भारत कारबाहीका लागि बाध्य भएको उनको दाबी छ । आक्रमणमा समूहका प्रशिक्षक, कमान्डर र आत्मघाती आक्रमणका लागि प्रशिक्षण लिइरहेका लडाकु मारिएको भारतीय दाबी छ । उनले शिविरका कमान्डर मौलाना युसुफ अजहर भएको जनाए । आक्रमणका बेला सर्वसाधारणमाथि क्षति हुन नदिन आफूहरूले विशेष ध्यान दिएको बताए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने भारतीय आक्रमणपछि बालाकोटका एक स्थानीय घाइते भएको र केही भवनमा क्षति मात्र पुगेको जनाएका छन् । स्थानीयले मंगलबार बिहानै बमको आवाज सुनेको जनाए । ‘बिहान ३ बजेको समयमा भूकम्पको झल्को दिने गरी विस्फोट भयो’ पाकिस्तानको बालाकोट निवासी मोहम्मद आदिललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भारतीय वायुसेनाको लडाकु जहाजले मंगलबार पाकिस्तानको बालाकोटस्थित विद्रोही शिविरमा आक्रमण गरेपछिको क्षतिग्रस्त दाबी गरिएको क्षेत्र । पाकिस्तानले भारतीय वायुसेनाका विमान आफ्नो भूभागमाथि छिरेलगत्तै प्रतिकार गरिएको र तिनीहरू भागेको दाबी गरेको छ । भारतीय वायुसेनाले पनि आफ्ना विमानले केही स्थानमा आक्रमण गरेको स्वीकार गरेको छ । अन्तर्राष्ट्रिय सीमा उल्लंघन नगरी लक्षित स्थानमा बम खसालेको सेनाको दाबी छ । मंगलबार बिहान भारतीय विमान मुजफ्फरावाद क्षेत्रबाट पाकिस्तानतर्फ प्रवेश गरेको थियो । मुजफ्फरावाद पाकिस्तान प्रशासित कश्मीरमा पर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमाथिको हवाई आक्रमण उल्लेख नगरी भारतका लागि आजको दिन ऐतिहासिक भएको बताए । राजस्थानमा आयोजित चुनावी सभामा मोदीले भने, ‘म तपाईंको इच्छाशक्ति र ताकत बुझ्छु ।

आजका दिन हाम्रा नायकहरूप्रति हामी झुक्नुपर्छ ।’ कश्मीरको पुलवामामा पाकिस्तानले आक्रमण गराएको भारतले आरोप लगााएपछि दुई देशबीच तनाव तीव्र भएको हो । ऊक्त आत्रमणपछि मोदीले आक्रमणकारी तथा षड्यन्त्रकारीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ऊक्त आत्रमणमा आफ्नो देशको कुनै भूमिका नरहेको भन्दै भारतले आक्रमण गरे कडा प्रतिकार गर्ने चेतावनी दिएका थिए । उनले दुई देशबीच जारी तनाव वार्ताबाट मात्र समाधान गर्न सकिने बताउँदै आएका छन् । भारतीय आक्रमण लगत्तै पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले टिवटरमा लेखेका थिए भारतीय सैनिक विमानलाई पाकिस्तानले लखेटेपछि भाग्नेक्रममा हतारमा बालाकोट नजिक केही बम खसालेको भेटिएको छ । तर यसबाट धनजनको क्षति भएको छैन ।’ उनले भारतीय सञ्चार माध्यमले दाबी गरेजस्तै भारतको वायुसेनाका विमान २१ मिनेट पाकिस्तानी आकाशमा रहेर हेर्न चुनौती दिए । भारत र पाकिस्तानबीच सीमा विवादका कारण पटक–पटक युद्ध झइसकेको छ । १९४७ को अक्टोबरमा सुरु युद्ध संयुक्त राष्ट्रसंघको सत्रियतामा १९४९ को जनवरी १ मा अन्त्य भएको थियो । दुवै देशले कश्मीरलाई अतिक्रमित क्षेत्र दावी गर्दै आएका छन् । सन् १९६५ को अगस्ट ५ मा सुरु दुई देशबीचको अर्को युद्ध एक महिना १७ दिन चलेको थियो । त्यसैगरी पूर्वी पाकिस्तान हालको बंगलादेश को विषयमा दुई देशबीच १९७१ मा युद्ध भएको थियो । ढाकामा मार्चमा सुरु भएको सैनिक कारबाही डिसेम्बरसम्म लम्बिएपछि भारत संलग्न भएको थियो । त्यसलगत्तै पाकिस्तानको हवाई सेनाले भारतको उक्तरदक्षिण क्षेत्रमा आत्रमण गरेको थियो । जसको प्रतिक्रियास्वरूप भारतले पूर्वी पाकिस्तानमाथि जल स्थल र हवाई आक्रमण गर्‍यो । पाकिस्तानी सेनाले ढाकामा आत्मसमर्पण गरेपछि सन् डिसेम्बर ६ मा पूर्वी पाकिस्तान स्वतन्त्र राष्ट्र बन्यो । दुई देशबीच १९९८ मा भारतले पोख्रानमा ५ वटा परमाणु यन्त्र विस्फोट गराएपछि पाकिस्तानले चांगाई हिल्समा ६ परमाणु यन्त्र विस्फोट गराएको थियो । त्यसयता दुई देशबीच सुरु परमाणु हतियार परीक्षणको होडबाजी जारी छ ।