भारत र पाकिस्तानबीचको युद्धको कारण जम्मू काश्मिरका सबै नागरिक विमानस्थलहरु बन्द

पछिल्लो भारत र पाकिस्तानबीचको युद्धको स्थितिका कारण भारत शासित जम्मू काश्मिरका सबै नागरिक विमानस्थलहरु बन्द गरिएको छ

प्रकाशित मिति:

नयाँ दिल्ली । पछिल्लो भारत र पाकिस्तानबीचको युद्धको स्थितिका कारण भारत शासित जम्मू काश्मिरका सबै नागरिक विमानस्थलहरु बन्द गरिएको छ । जम्मू काश्मिर र अमृतसरकार सबै फ्लाईटहरु रद्द गरी विमानस्थलमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ ।  पुलवामा आतंककारी हमलापछि सुरु भएको दुई देशबीचको तनाव भारतको मंगलबारको एयर स्ट्राइकसम्म आईपुग्दा युद्धको स्थितिमा पुगेको हो । भारतले पाकिस्तानको लडाकू विमान भारतीय भूमिमा छिरेको आरोप लगाएको छ र केही लडाकू विमानका भारतीय एयर स्पेसको समेत उल्लंघन गरेको भारतको आरोप छ  तर, पाकिस्तानले भने यसको बचाउ गर्दै आफूहरु एलओसी लाईन पार नगरेको दाबी गरिरहेको छ । सरकारले जम्मू-कश्मीरको एयर स्पेस पूर्ण रुपमा बन्द गरिदिएको छ । यसैबीच भारतमा समेत यस विषयले हलचल मच्चाएको छ । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले गृह मन्त्रालय पुगेर राजनाथ सिंहसँग बैठक समेत सुरु गरिसकेका छन् ।  यसैबीच दुबै देशले एकअर्काको विमान खसालेको दाबी गरिरहेका छन् । भारतले अहिले एउटा पाकिस्तानी युद्धविमान खसालेको दाबी गरेको छ भने पाकिस्तानले दुईवटा भारतीय युद्धपोत विमान खसालेको दाबी गरिरहेको छ ।