संस्कृति,पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्क विहीन

प्रकाशित मिति:

काठमाडौ \ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा परेको छ ।गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराएका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो। उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको हो। थप बिबरण आउन बाँकी छ ।