हराईरहेको हलिकप्टरमा पर्यटनमन्त्री संगै को को थिए ?

प्रकाशित मिति:

काठमाडौं \ पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ६ जना सवार हेलिकप्टर ताप्लेजुङको दारेगौंडामा दुर्घटना भएको छ। गृहसचिव प्रेम राईका अनुसार तेह्रथुमको चुहानडाँडा जाँदै गरेको उक्त हेलिकप्टर दुर्घटना भएको हो। ‘मन्त्री ज्यू चढेको हेलिकप्टर दुर्घटना भएको छ गृहसचिव राईले भने ‘थप विवरण आउन बाँकी छ। पाथिभराको दर्शनपछि उक्त हेलिकप्टर चुहानडाँडा तर्फ उडेको थियो। हलिकप्टरमा पर्यटनमन्त्री अधिकारीका अलवा पर्यटन व्यवसायी छिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल सवार थिए। उक्त हेलिकप्टर काठमाडौंबाट बिहान ८ बजे उडेको थियो भने पाथिभराबाट ११ बजेको आसपासमा चुहानडाँडा तर्फ उडेको थियो। खराव मौसमका कारण उद्दारमा जान कठिनाइ भइरहेको प्रहरीले बताएको छ। थप विवरण आउन बाँकी छन्।