अचम्मको संसार : फूलैफूलको पिरामिड

प्रकाशित मिति:

गिनिज बुकमा नाम लेखाउनको लागि अनौठा प्रयासहरु हुने कुरा नौलो हैन । नेपालमा पनि गिनिज बुकमा नाम लेखाउनको लागि धेरै सामुहिक प्रयास भएका छन् र हुन्छन् । यस्तै एक्वेडरको एक पुरातात्विक क्षेत्रमा ५ लाख छ्यालिस हजार ३ सय ६४ गुलाफको प्रयोग गरेर एक पिरमिडि बनाएर बिश्व रेकर्ड राखिएको छ । याो अहिले सम्मकै फूलको प्रयोगबाट बनाईएको संरचना भएको गिनिज रेकर्ड समितिले जनाएको छ । १ हजार पाँच सय स्वयम सेवक परिचालन गरि १ हजार १ सय बर्ग मिटरमा बनाइएको यो पिरामिड उत्तरी एक्वेडरमा रहेको महत्वपुर्ण प्राकृतिक पुरातात्विक पिरामिडको संझनामा बनाइएको गुलाफको पिरामिडको लागि १५० फूल व्यवसायीबाट आयात गरिएको थियो । अन्तराष्ट्रिय पुष्प व्यवसायमा एक्वडरको बलियो उपस्थिति छ ।