हेलिकोप्टर दूर्घटनापछि गृहमन्त्रालयमा आकस्मिक बैठक

१५ फाल्गुन २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
82 Shares


काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दूर्घटनापछि गृह मन्त्रालयमा सुरक्षा निकायको आकस्मिक बैठक बसेको छ । सुरक्षा निकायका सबै संयन्त्रको गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको हो । बैठक पछि गृहले सबै सुरक्षा निकायका संयन्त्रलाई मोविलाइज हुन निर्देशन दिएको छ । मन्त्रालयमा प्रहरी प्रमुख सर्वेन्द्र खनालसहितका अधिकारीहरु गृह मन्त्रालय पुगेका थिए । ताप्लेजुङबाट फर्किने क्रममा पर्यटनमन्त्री अधिकारी सवार एयर डायनेस्टिक हेलिकोप्टर क्यास भएको हो । हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल, आंक्षिरिङ शेर्पा, विरेन्द्र प्रसाद क्षेष्ठ र अर्जुन कुमार घिमिरे रहेको गृहले जनाएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको बताईएको छ । दूर्घटनामा मानविय क्षति भए नभएको जानकारी आउन बाकिँ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया