हेलिकप्टर दुर्घटना : मन्त्री अधिकारी सहीत ७ जनाको निधन

प्रकाशित मिति:

काठमाडौ \ पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थलमा ६ वटा शव फेला परेको छ। सबै जलेको अवस्थामा निकालिएको शवको पहिचान भएको छैन। हेलिकप्टरमा ७ जना सवार थिए। प्रहरी नायव उपरीक्षक डिएसपी सञ्जय सिंह थापाले ६ वटा शव भेटिएको बताए। उनले भने, ‘शव चिन्न नसकिने अवस्थामा छन्। हामीले घटनास्थलमा भएका शवहरुलाई एकीकृत गर्दैछौं। मौसम प्रतिकुलताका कारण थप सुरक्षा टोली घटनास्थल पुग्न सकेको छैन्, जसले गर्दा शव एकीकृत गर्न केही समय लाग्ने उनले बताए। प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको नेतृत्वमा पुगेको सुरक्षा निकायसहित केही स्थानीयको टोलीले घटनास्थलमा शव एकीकृत गर्ने काम गरिरहेको छ। तेह्रथुमको आठराई गाउँपालिकामा रहेको कार्यक्रममा सहभागिता जनाउन पुगेको बेला भने पर्यटनन्त्री अधिकारीका साथ उनका अंगरक्षक अर्जुन घिमिरे, एअर कम्पनीका प्रवन्धक आङ्छिरिङ शेर्पा,नागरिक उड्यन प्राधिकरणमा उपमहानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै क्षेत्रीय निर्देशक ध्रुव दास, प्रधानमन्त्री कार्यालयका कर्मचारी श्याम दाहाल, र चालक प्रभाकर श्रेष्ठ रहेका थिए। हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर आसपास दुर्घटनामा परेको थियो।