अमेरिका र फ्रान्सले भनेः रवीन्द्र अधिकारीको निधनको खबरले स्तब्ध भयौं !

प्रकाशित मिति:

काठमाडौं – पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि फ्रान्स र अमेरिकाले दुःख व्यक्त गरेका छन् । अमेरिकी राजदूत रेण्डी वेरीले मन्त्री अधिकारीको निधनमा दुःख व्यक्त गरेका छन् । ‘हेलिकोप्टर दुर्घटनाको खबरले हामी दुःखित भएका छौँ । दुर्घटनामा ज्यान गुमाउनेका परिवार प्रति हार्दिक समवेदन व्यक्त गर्दछौँ,’ राजदूत वेरीले ट्वीट गरेका छन् ।

काठमाण्डुस्थित फ्रान्सेली दुतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत शोक जारी गर्दै दुःख व्यक्त गरेको छ । ‘हेलिकोप्टर दुर्घटनाले मन्त्री रविन्द्र अधिकारी र आङछिरिङ शेर्पासहितका अधिकारीहरुको निधनको खबरले स्तब्ध भएका छौँ,’ दुतावासले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ‘दुःखको यस घडीमा शोक सन्तप्त परिवार जसले आफ्ना प्रिय आफन्त गुमाएका छन् उनीहरुप्रति समवेदना ।’