पाच विद्यार्थीलाई बुटवलमा छात्रवृति वितरण

प्रकाशित मिति:

झाबिन्द्र देबकोटा, बुटवल /रुपन्देहीका तीन विद्यालयका ५ जना विद्यार्थीहरुलाई बुटवलमा छात्रवृति वितरण गरिएको छ । इनरह्वील क्लव अफ बुटवलले क्लवको चार्टड डेको अवसर पारेर बुधबार बुटवलको नयाँ गाउ माविका सिता कुमाल र मन्जु कुमाल, जनज्योति शंकरमान श्रेष्ठ प्रावि मक्रहरका पुस्पा वाग्ले र अन्सु थापा, एवंम सिद्धि चिल्ड्रेन माविका श्रुती खड्कालाई छात्रवृति प्रदान गरेको हो ।

क्वले निलकण्ठ बाबाधाम सन्तोषिमाता गुरुकुल वृद्धाअश्रममा एक कार्यक्रम गरेर विद्यार्थीलाई जनही ५÷५ हजारका दरले छात्रवृति प्रदान गरेको हो । छात्रवृति क्लवका सदस्यहरुको सहयोगमा वितरण गरिएको थियो । क्लवका अध्यक्ष मुना जोशिको अध्यक्षता तथा क्लवका चार्टड पे्रसिडेन्ट समिरा ध्वजुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निलकण्ठ बाबाधाम सन्तोषिमाता गुरुकुल वृद्धाअश्रमका अध्यक्ष देवमाया भट्टराई, उपाध्यक्ष चुरामणी पौडेल, रोटरि क्लव अफ बुटवलका अध्यक्ष नारायण पन्त, इनरह्वील क्लवका पुर्व अध्यक्ष भारती जोशि, मिरा ओझा, इनरह्वील क्लव अफ मिडटाउनका अध्यक्ष राधा भट्टराई, रुपन्देहीका अध्यक्ष हेमा न्यौपाने, क्लवका कार्यक्रम संयोजक प्रमिला श्रेष्ठ लगायतले आआफ्ना भनाई राख्नु भएको थियो । क्लवका सहसचिव सानु श्रेष्ठको संचालनमा भएको कार्यक्रममा क्लवले गुरुकुल वृद्धाश्रमलाई दुई थान पंखा सहयोग गरेको थियो भने क्लवका अध्यक्ष मुना जोशिले ५० जना बटुक विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान गर्नु भएको थियो ।