मगर खाना तथा सांस्कृतिक महोत्सव सम्पन्न

प्रकाशित मिति:

रुपन्देही /३७ औं मगर दिवसको अवसरमा बुटवलमा विभिन्न कार्यक्रमहरु भएका छन् । बुटवल ११ देवीनगरस्थित एमजी क्लबले मगर मौलिक खाना तथा सांस्कृतिक सांझ कार्यक्रम सम्पन्न गरेको छ । जसमा बोल्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले मगर समुदाय आदिवासी जनजाति मध्येको पहिलो ठूलो जनसंख्या भएको जाति भएको उल्लेख गर्दै आफ्नो मौलिक संस्कृति,परम्परा,भाषा संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले पश्चिमा संस्कृतिको अन्धाधुन्द नक्कलले आदिवासी जनजातिका मौलिक संस्कार र संस्कृति लोप हुन सक्ने भएकाले त्सतर्फ सचेत हुन सुझाव दिए ।

उनले संविधानमा सबैका हक अधिकार सुनिश्चित भएपनि कानुन निर्माण गरेर व्यवहारमा कार्यान्वयन गर्ने चरणमा मुलुक रहेको बताए । सो अवसरमा प्रदेश ५ सांसद तुलाराम घर्ती, नेपाल मगर संघ भाषिक केन्द्रीय उपाध्यक्ष दलबहादुर विरकट्टा मगर,रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय राना लगायतले मगर समुदायका कला,संस्कृति,भाषा संरक्षणमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए । क्लबका अध्यक्ष तुलजी सारुको अध्यक्षता, उपाध्यक्ष श्रीधर अर्गालीको स्वागत, महासचिव पिवष्णुकुमार थापाको संचालन र सचिव देवलाल अर्गालीको धन्यवाद ज्ञापनमा सम्पन्न कार्यक्रममा राष्टिय कलाकार जुना श्रीस,प्रसाद खप्तडी मगर लगायत स्थानीय कलाकारको प्रस्तुति रहेको थियो ।