भोली सार्वजनीक विदा ,मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरीने

प्रकाशित मिति:

काठमाडौं– सरकारले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मन्त्री अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएपछि बुधवार साँझ बसेको मन्त्रिपरिषद बैठकले फागुन १६ गते भोलि बिहीवार राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए। बैठकले झण्डा आधा झुकाउने र विदेशस्थित कुटनीतिक नियोगमा समेत झण्डा झुकाउने निर्णय गरेको छ। बैठकले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन समेत गरेको छ।