प्रस्तुती : प्रेम पुन्थोकी
पकिस्तानका पुर्व क्रिकेटर इमरान खान अब पुर्व क्रिकेटर मात्र रहेनन् । उनले हालै सम्पन्न निर्वाचनबाट प्रधानमन्त्री बन्ने छन् पाकिस्तान बदल्ने अद्यघोष सम्म यात्रा तय गरेका इमरान खानका केही तस्विरहरु :
उनी राजनीतिमा आउनु भन्दा अगाडि पाकिस्तानमा सबै भन्दा सफल कप्तानको रुपमा परिचित थिए । सन् १९७१ मा डेब्यु गरेका उनले क्रिकेटमा ठुलो गुन लगाए ।
सन् १९७१ देखी १९९२ सम्म क्रिकेट खेलेका उनी त्यो बिचमा १० बर्ष कप्तान नै रहे । उनकी कप्तानीमा पाकिस्तानले वल्र्डकप जितेको थियो ।
व्याक्तिगत जीवन जति सान्दार रहे उनी उत्तिकै बिवादित समेत रहे । घर बाहिरै रमाउने उनी लंडनमा रहँदा धेरै केटीहरुसँग सम्बन्धमा थिए । यसै कारण उनी प्ले व्वायको रुपमा समेत चिनिन्छन् ।
उनको पहिलो बिहे बेलायती एक धनाड्यकी छोरी जेमिमासँग भएको थियो जुन ९ बर्ष सम्म टिकेको थियो ।
जेमिमा सँगको सम्बन्धमा दुई छोराहरु जन्मिए । सम्बन्धमा नरहे पनि उनको जीतको लागि जमिमाले अहिले पनि सामाजिक संजालमा ट्विट गरेको भेटिएको छ ।
उनको दोस्रो बिहे सन् २०१५ मा टिमी एंकर रहेमा खानसँग भयो तर त्यो जम्मा १० महिना टिक्यो ।
अहिले उनी तेस्रो बैवाहिक सम्बन्धमा छन् । अहिलेको उनको बिहेलाई उनले राजनैतिक फाइदाको लागि गरेको बताइन्छ ।
त्रिकेट छोडे पछि उनले कल्याणकारी काममा आफुलाई व्यस्त बनाए उनलै नाममा उनले क्यान्सर अस्पताल समेत खोलेका छन् ।
सामाजिक कार्यमा उनलाई राजकुमारी डायना समेतको साथ भएको देखिन्छ ।
उनले सन् १९९६ मा नयाँ पार्टी तहरिक ए इन्साफ नामक पार्टी खोलेर राजनीतिमा आए ।
उनको पार्टी सन् १९९७ मा चुनाव लडेर जमानत समेत जफत भयो सन्् २००२ मा १ सिट जिते भने २००७ को चुनाव बहिस्कार गरे ।
तर अबस्था त्यस्तो रहेन सन् २०१३ मा उनको पार्टी तेस्रो पार्टी बन्यो । त्यो समय पार्टीलाई बलियो रुपमा उपस्थिति जनाइरहे ।
सन् २०१३ को चुनावी प्रचारको क्रममा स्टेज ढलेर उनी घाइते समेत भएका थिए ।
इमरान पाकिस्तानी पुर्व प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको आरोप लगाएर जेल पठाउन ठुलो हात रहेको बताइन्छ ।
उनी जहिल्यै साहसिक नेताको रुपमा रहे । २००७ मा उनले बिद्यार्थी आन्दोलनको समेत नेतृत्व गरेका थिए । त्यस समय गिरफ्तारीमा परेका उनलाई छुटाउन बेलायतमा सकेत आन्दोलन भएको थियो ।
(आजतकको सहयोगमा)