जिपी कोइराला फाउण्डेसन अमेरीकाले न्यूयोर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

अमेरीका \ जिपी कोइराला फाउण्डेसन अमेरीकाले न्यूयोर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विशिष्ट पाहुना, विज्ञ र नेपाललाई माया गर्नेहरुको उपस्थितिमा फ्रेबु्रअरी २४ आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा फाउण्डेसन र त्यसका गतिविधि बारे छलफल गरिएको थियो । कार्यक्रममा डेमोक्रेटिक पार्टी नेशनल कमिटिका उपाध्यक्ष तथा ब्रोक्स न्यूयोर्कको ७९ औ जिल्लाका सांसद माईकल ब्ल्याकको प्रमुख आतिथ्यता रहेको थियो । विशिष अतिथिका रुपमा क्विन्स राज्यका रिटायर्ड न्यायाधिस थोमस डि। राफेल र न्यूजर्सी ३७ औ जिल्लाका संसद गोर्डन एम। जोन्सन रहेका थिए । सांसद जोन्सन जिपी कोइराला फाउण्डेन अमेरिकाका सल्लाहकार समेत हुन् । कार्यक्रममा जिपि फाउण्डेनस उत्तर तथा दक्षिण अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले फाउण्डेसनको उद्देश्य, कमिटी गठन तथा आगामी कार्ययोजनाबारे प्रकाश पारेका थिए । प्रमुख अतिथि तथा विशेष अतिथिहरुले फाउण्डेसनले शुभकामना व्यक्त गर्दै आगामी दिनमा संस्थाले गर्ने कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

कार्यक्रममा जिपी कोइराला फाउण्डेसन अमेरिकाका महासचिव सुरेन सापकोटा, केन्द्रीय सदस्य रामचन्द्र अधिकारी र शारदा श्रेत्री, नेपाल पत्रकार महासंघ अमेरिकाका महासचिव किरण मरहट्ठा र नेवि संघ अमेरिकाका अध्यक्ष प्रभात सापकोटाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योगदानबारे प्रकाश पारेका थिए । कार्यक्रममा जिपी कोइराला फाउण्डेसनका केन्द्रीय अध्यक्ष सुजता कोइराला तथा अमेरिका अध्यक्ष सोमनाथ घिमिरेले एभरेस्ट टाइमका प्रधानसम्पादक आङछिरिङ शेर्पा, नेपाल तामाङ समाज अमेरिकाका पूर्व अध्यक्ष इन्द्र तामाङ, ग्रामिण क्लव हाउसका अध्यक्ष तथा पत्रकार मुकुन्द सुवेदी, चलचित्र निर्माता प्रेम पौडेल, कलाकार निशा सुनार, मोडल तथा नृत्याङ्गना पार्वती राई, कलाकार तथा कोरियोग्राफर शंकर विसि, वरिष्ठ बाद्यबाधक न्युछेमान डंगोल, नेपाली पूर्वेली समाजका नेता विवेक पौडेल, चर्चित लोकगायक बिमल डाँगी र संगिता थापा मगर, वरिष्ठ कलाकार राम श्रेष्ठलगायतलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो । न्यूयोर्क सन्निसाइडस्थित बाजेको सेकुवामा भएको सो कार्यक्रममा सञ्चालक पदम गुरुङ तथा सेकुवा टिमलाई विशेष धन्यवाद व्यक्त गरिएको थियो । स्वर्गीय गिरिजाप्रसाद कोइराला गिरिजाबाबुका नामले समेत चिनिन्थे । उनको नेतृत्वमा नेपालमा राजनीतिक परिवर्तन भएको थियो । र १० वर्षसम्मको जनयुद्धलाई शान्तिवार्ता मार्फत सुरक्षित अवतरण गराइएको थियो । फाउण्डेसन नेपालमा लोकतन्त्त, शान्ति र विकासका लागि गठन भएको संस्था हो । यसले विशेष गरी शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र मानवअधिकारका क्षेत्रमा काम गर्ने गरेको छ ।