जापान र मरिसससँग श्रम सम्झौताको तयारी

प्रकाशित मिति:

काठमाडौँ /सरकारले कामदारको सामाजिक सुरक्षा र आम्दानीका हिसाबले नयाँ श्रम गन्तब्यका रुपमा जापान र मरिससलाई प्राथमिकतामा राखेर श्रम सम्झौता गर्ने तयारी गरेको छ ।सरकारले पुराना गन्तव्य मुलुक यूएई र ओमानलाई समेत नयाँ श्रम सम्झौताको सूचीमा राखे पनि अधिकतम नेपाली कामदारको आम्दानी र सुरक्षाका हिसाब जापान र मरिसस उपयुक्त हुने भएपछि सोही अनुसार श्रम सम्झौताको तयारी गरेको छ ।

अन्य श्रम गन्तब्यका तुलनामा जापान र मरिसस उपयुक्त हुने भएपनि कामदारमैत्री श्रम सम्झौतालाई महत्वकासाथ अघि बढाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।