टुँडिखेलमा सामूहिक श्रद्धाञ्जलि दिने तयारी, त्यसपछि मात्र शव आफन्तको जिम्मा लगाइने

प्रकाशित मिति:

काठमाडौं – ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकै शव काठमाडौं ल्याइएको छ ।

ताप्लेजुङको सुकेटार विमानस्थलबाट हेलिकप्टरमार्फत् शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । पोस्टमार्टमपछि टुँडिखेलमा सामूहिक श्रद्धाञ्जलि दिएर मात्र शव आफन्तको जिम्मा लगाउने तयारी भएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिएका छन् । श्रद्धाञ्जलि सभाका लागि टुँडिखेलमा तयारी भइरहेको छ ।