अन्तिम श्रद्धाञ्जलि कार्यक्रम भोलि बिहानसम्मको लागि स्थगित

ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुईको शव सनाखत भएको छ

प्रकाशित मिति:

काठमाडौं  \ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुईको शव सनाखत भएको छ। मन्त्री रवीन्द्र अधिकारी र उनका सुरक्षा गार्ड अर्जुन घिमिरेको शव पहिचान भएको हो। अन्यको शव पहिचानको कार्य भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउने सबैको शव पूर्ण रुपमा जलेका कारण पहिचानमा समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ। बुधबार भएको दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो। पहिचान हुन नसकेका अन्यको शव डीएनए परीक्षणको माध्यमबाट पत्ता लगाइने छ। मृतक सबैको पोस्टमार्टमपछि अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने भनिएको कार्यक्रम भोलि बिहानसम्मको लागि स्थगित भएको छ। शव पहिचानमा समय लाग्ने भएकाले श्रद्धाञ्जली सभा स्थगन गरिएको बताइएको छ।