टुंगियो ट्रम्प–किम वार्ता

प्रकाशित मिति:

हनोई भियतनामको हनोईमा भईरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया उत्तर कोरिया को राज्य मामिला परिषद्का अध्यक्ष किम जोङ उनबीच भईरहेको शिखर वार्ता संसारकै आँखामा परिरहेको थियो। सन् १९५० को दशकदेखि शत्रुतापूर्ण सम्बन्धमा रहेका यी दुई देशबीचको शान्तिप्रयासलाई यो दोस्रो वार्ताले निष्कर्ष तर्फ डोर्‍याउने अधिकांशको आशा थियो। तर आम अपेक्षा विपरीत कुनै पनि निष्कर्ष ननिकाली दुई यो वार्ता टुंगिएको छ। हामीसँग केही विकल्प थिए तर हामीले यसपटक कुनै पनि विकल्पमा नजाने निधो गर्‍यौँ वार्ता टुंगिएलगत्तै पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने। ‘कहिलेकाहीँ यत्तिकै हिँड्दा पनि ठिकै हुन्छ ट्रम्पले थपे, ‘त्यसमध्ये यो एक हो। चुरोमा नाकाबन्दी ट्रम्प–किम वार्ता किन बिना निष्कर्ष टुंगियो भन्नेबारे उत्तर कोरियाको स्पष्ट धारणा आइसकेको छैन। अमेरिकाले भने उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी हटाउने सम्बन्धमा कुरा नमिल्दा वार्ता बिना निष्कर्ष टुंगिएको बताएको छ। पत्रकार सम्मेलनमा ट्रम्पले नाकाबन्दी हटाउनुपर्ने उत्तर कोरियाको आकांक्षाका कारण वार्ता बिना निष्कर्ष टुंगिएको बताए। उनीहरु नाकाबन्दी पूर्ण रुपमा हटोस भन्ने चाहन्थे तर हामी त्यसो गर्न सक्दैनथ्यौँ’, उनले भने। उनले अहिले जारी रहेको नाकाबन्दी कायमै रहने बताए। उनले उत्तर कोरियाले आणविक हतियार उन्मुलन गर्न तयार भए पनि अमेरिकाले चाहे जति ठाउँबाट उन्मुलन गर्न नचाहेको बताए। आफुहरु भने उत्तर कोरियालाई कुनै पनि प्रकारको आणविक हतियार राख्न दिने पक्षमा नरहेको उनले बताए।आशा जिवित वार्ता बिना निष्कर्ष टुंगिए पनि उत्तर कोरियासँगको विवाद शान्तिपूर्ण रुपमै टुंगिनेमा ट्रम्प आशावादी देखिन्छन्। ‘हामीले यो यात्रा छोडेका छैनौँ उनले भने उनी निशस्त्रीकरण मा जान चाहन्छन् तर हामीले चाहेको भन्दा कम महत्वपूर्ण स्थानमा मात्र गर्न तयार छन् ट्रम्पले बताए। अर्को आणविक वा रकेट प्रक्षेपण भने नगर्ने वाचा किमले गरेको ट्रम्पले बताए। ‘उनीसँग केही लक्ष्य छन् र ती हाम्रा लक्ष्य अवश्य होइनन्। तर ती लक्ष्य अघिल्लो वर्षभन्दा धेरै हदसम्म हामीसँग नजिक छन् ट्रम्पले भने।

छैन तेस्रो वार्ताको योजना ट्रम्पले आशाका सम्भावना नसकिएको बताए पनि तेस्रो शिखर वार्ताका लागि भने कुनै योजना बनिसकेको थिएन। ‘हेरौं यदि त्यसो भयो भने हुनेछ सरल ढंगले ट्रम्पले बताए। किन नाकाबन्दी  उत्तर कोरियाले उठाएको नाकाबन्दी उन्मुलनको माग उसको आणविक परिक्षणसँग जोडिएको छ। सन् १९८५ को डिसेम्बरमा उत्तर कोरियाले ‘परमाणु अप्रसार सन्धि’लाई अनुमोदन गरेको थियो। तर सन् २००३ जनवरी १० मा उसले यो सन्धि उल्लंघन गर्‍यो। उत्तर कोरियाले आणविक परीक्षण गरेको जवाफमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पहिलोपटक नाकाबन्दी लगाएको निर्णय गर्‍यो। त्यसयता अहिलेसम्म संयुक्त राष्ट्र संघले पटक–पटक नाकाबन्दी कडा पार्ने निर्णय गरेको छ।नाकाबन्दीका कारण उत्तर कोरिया विश्व बजारसँग अलग भएको छ। उसले आफ्ना उत्पादन विश्व बजारमा प्रत्यक्ष व्यापार गर्न सक्दैन भने आधारभुत आवश्यकताका सामग्री पनि लैजान सक्दैन। नाकाबन्दीका कारण उत्तर कोरियाले भोकमरी र औषधी अभावजस्ता समस्याबाट गुज्रिनुपरेको छ। त्यसैले आफुमाथि लगाइएको नाकाबन्दी हटाउनु उसको पहिलो लक्ष्य हो। तर अमेरिका लगायतका शक्ति राष्ट्र भने उत्तर कोरियाले आणविक निशस्त्रीकरण नगर्दासम्म नाकाबन्दी नहटाउने अडान राख्दै आएको छ।

किन हुँदैन निशस्त्रीकरण
उत्तर कोरियाले आणविक निशस्त्रीकरण नगर्नुका उसका आफ्नै तर्क छन्। सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धमा उत्तर कोरिया विरुद्ध दक्षिण कोरियालाई अमेरिकाले साथ दिएको थियो। त्यति बेलादेखि दक्षिण कोरियामा अमेरिकी सेना रहिआएको छ। त्यस्तै जापानमा पनि अमेरिकी सेनाको अवस्थिति छ। उत्तर कोरियाले यसलाई आफ्नो सार्वभौमिकतामाथिको खतरा मान्दै आएको छ। त्यहाँबाट अमेरिकी सेना नहटाउँदासम्म आफुले आणविक निशस्त्रीकरण नगर्ने उत्तर कोरियाको तर्क छ।