उल्का पिण्डको लिलामी

प्रकाशित मिति:

एजेन्सी \ फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेका दिन ब्रिटिस कम्पनी क्रिस्टीले मुटु आकारको उल्का पिण्ड लिलाम गर्ने भएको छ । सन् १९४७ को फेब्रुअरी १२ का दिन रुसको साइबेरियामा खसेको उक्त उल्का पिण्डको नाम हार्ट अफ स्पेस राखिएको छ । फेब्रुअरी ६ मा प्रारम्भ भएको उक्त उल्का पिण्डको लिलामी फेब्रुअरी १४ मा सम्पन्न हुनेछ । कम्पनीले उक्त उल्का पिण्ड ३ देखि ५ लाख डलरमा बिक्री हुने अनुमान गरेको छ ।