मन्त्रि बर्षमान पुन अस्पताल भर्ना

प्रकाशित मिति:

काठमाडौँ /ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अचेत भएपछि अस्पताल भर्ना हुनुभएको छ । मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । मन्त्री पुनलाई अस्पतालको सीसीयुमा भर्ना गरिएको नर्भिक अस्पतालका प्रेस संयोजक आरपी मैनालीले बताउनुभयो ।

नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा। यादव भट्टसहितका चिकित्सक जुटनु भएको छ । मन्त्री पुनको परीक्षण सुरु भएको र थप विवरण आउन बाँकी रहेको उहाँले बताउनु भयो ।मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि अस्पताल पुग्नु भएको छ ।