अफगानिस्तानले आयरल्याण्डलाई ५ विकेटले हरायो

प्रकाशित मिति:

एजेन्सी /आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अफगानिस्तान ५ विकेटले विजयी भएको छ ।टी–२० सिरिज ३–० ले क्लिन स्विप गरेको अफगानिस्तानले तीन वटा एक दिवसीय सिरिजमा १–० को अग्रता लिएको छ ।आयरल्याण्डले दिएको १६२ रनको लक्ष्य अफगानिस्तानले ४१।५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । उसको जितमा गुलाबदिन नाइबले ४६ तथा मोहमद शहजादले ४३ रनको योगदान गरेका थिए । हजरतुल्लाह जइज २५ तथा रहमत साह २२ रनमा आउट भएका थिए । बोयड र्‍याङ्किनले आयरल्याण्डका लागि २ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले ४९।२ ओभरमा १६१ रन बनाउँदै अलआउट भएको थियो ।आयरल्याण्डका लागि पल स्टर्लिङले ८९ तथा जर्ज डकरेलले ३७ रन बनाउँदा अरुले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका लागि दौलत जद्रान र मुजीब उर रहमानले तीन(तीन विकेट लिएका थिए ।