आँखाको समस्याबाट बच्न माछा खानुस्

प्रकाशित मिति:

उमेर ढल्कदै गएपछि शरीरका अंगहरु पनि शिथिल हुँदै जान्छ । कतिपय अंगले राम्ररी कार्यसंचालन गर्न सक्दैन । छाला चाहुरिन्छ । कपाल फुल्छ । ढाँड कुप्रिन्छ । दाँत र्झन थाल्छ । कानको श्रवणशक्ति कमजोर हुन्छ । आँखाको दृष्टि धुमिल हुन्छ ।आँखाको दृष्टि धुमिल हुँदै गएपछि आफ्नो सामान्य दिनचर्या पनि प्रभावित हुन थाल्छ । पक्कै पनि बुढ्यौलीमा हुने असहज समस्या हो यो । तर, चिन्ता गर्नुपर्ने केही छैन । बुढ्यौलीमा आँखाको ज्योति कमजोर हुनबाट बचाउन केही यस्ता खाद्यपदार्थ छन्, जो निकै उपयोगी हुन्छ । जस्तो कि, माछाको तेल सेवन ।आर्काइब अप अप्थेल्मोलोजी’ मा प्रकाशित एक नयाँ अध्ययनले जनाए अनुसार सप्ताहमा कम्तीमा पनि एक पटक माछाको तेलको सेवन गर्नु आँखाको लागि निकै फाइदाजनक छ । यसको सेवनले बुढ्यौलीमा पनि आँखा सम्बन्धि कुनै समस्या हुँदैन । झण्डै आठ वर्ष लगाएर करिब ६० देखि ८० वर्ष उमेर समूहका झण्डै ४५ सय जनसंख्याबीच गरिएको अध्ययनबाट यो नतिजा आएको हो ।सामान्यतया, मानिसको उमेर बढेसँगै आँखाको तेज कम हुँदै जान्छ । त्यसैले, यो समस्याबाट बच्न पनि अहिले देखि नै माछाको सेवन गर्नु उचित हुन्छ ।

किनकी माछामा ओमेगा ३ फ्याटी एसिड, भिटामिन बी १२ लगायतका यस्ता पौष्टिक तत्व हुन्छ, जुन अन्य आहारबाट प्राप्त गर्न सकिंदैन ।यूरोपेशी शोधकर्ताहरुले जनाए अनुसार उमेर बढेमा एज रिलेटेड मस्कुलर डिजेनेरेशन ९एमडी० अर्थात उमेरका कारण मांसपेशी कमजोर हुने रोग लाग्नु सामान्य हो । सातामा कम्तीमा एक पटक वोसोयुक्त माछाको सेवन गनार्ल माछामा रहेको ओमेगा ३ का कारण एएमडीको समस्यालाई निकै हदसम्म कम गर्न सकिन्छ ।आँखा सम्बन्धि विभिन्न रोगमध्य मांसपेशी कमजोर हुने समस्या अन्धोपना तथा दृष्टिदोषको एक प्रमुख कारण मानिन्छ ।एएमडी दुई प्रकारको हुन्छ, ड्राई ९सुख्खा० र वेट ९गिलो० । गिलो एएमडी अन्धोपनाको प्रमुख कारण हो । यो नै सम्भवत अहिलेसम्मको पहिलो शोध हो , जसलाई तेलयुक्त माछाको सेवनलाई एएमडीको रोकथाममा प्रभावकारी भनिएको छ ।

यस शोधका प्रमुख शोधकर्ता एस्ट्रिरड फ्लेचरका अनुसार सातामा कम्तीमा एक पटक साल्मोन, टूनाको सेवन गर्नाले प्रतिदिन पाँच सय मिलिग्राम डीएचए ९ओमेगा ३ फैटी एसिडको एक प्रकार र इपिए ९ईको सापेंटाइनोइक एसिडको निर्माण हुन्छ ।शोधकर्ताहरुले आाफ्नो अध्ययनका क्रममा माछाको सेवन तथा ओमेगा ३ फ्याटी एसिडको वेट एएमडीसितको सम्बन्धबारे जाँच गरेको थियो । शोधका अनुसार सातामा एक पटक तेलीय माछाको सेवन गर्नेहरुमा माछा सेवन नगर्नेको तुलनामा एमएमडीको स्तर ५० प्रतिशतसम्म कम भएको पाइएको थियो । यसबाट पनि के थाहा हुन्ट भने माछाको सेवन गर्नेहरुलाई बुढेसकालमा आँखा कमजोर हुने समस्या हुँदैन ।त्यस्तै, डिएचए र ईपिएको एमएमडीसित पनि पर्याप्त सम्बन्ध रहेको पाइएको थियो । डिएचए र ईपिएको २५ प्रतिशत ९प्रतिदिन तीनसय मिलीग्राम वा सो भन्दा बढी उपस्थितिमा गिलो एएमडीको स्तर ७० प्रतिशतसम्म कम भएको पाइएको थियो । यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने डिएचए माछा वा समुद्री भोजनमै मात्र पाइन्छ ।