असिनापानीले महोत्तरीमा तरकारी बाली नष्ट

१७ फाल्गुन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
30 Shares


महोत्तरी /बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छराति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पुर्याएको हो ।असिना र पानीले बन्दा, काउली, आलु, गाजर, रायोसाग, लसुन, प्याज, मुलालगायतका बेमौसमी तरकारी खेतीमा क्षति पुर्याएको कृषकले गुनासो गरेका छन् । नगरपालिकाको ज्यामरुककोट, खबरा, बगरफाँट, राक्से, सिङ्गा, तातोपानीलगायतका क्षेत्रमा लगाइएको तरकारी खेती असिनापानीले नष्ट गरिदिएको हो ।

असिनापानीका कारण खबरामा मात्रै रु १० लाख मूल्य बराबरको तरकारीमा क्षति पुगेको विगत ४० वर्षदेखि व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । कार्कीको मात्रै रु चार लाख बराबरको तरकारीमा क्षति पुगेको छ ।असिनाले खबरामा लगाइएको केरा खेतीमा समेत असर पुर्याएको छ । मध्यरातमा परेको असिनापानीले खासगरी म्याग्दी सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा लगाइएको तरकारी बालीमा बढी असर गरेको छ । खानयोग्य तरकारी बाली असिनापानीले नष्ट गरेपछि किसान चिन्तित बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग