रवीन्द्रअधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन तीन नेता पोखरा जाने

प्रकाशित मिति:

काठमाडौं । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई खटाएको छ । उनी पोखरामा जानेछन् ।त्यस्तै नेकपाले नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि अन्तिम श्रद्धाञ्जली कार्यक्रमका लागि खटाएको छ ।

रामघाटमा अन्त्यष्टि गर्नुअघि गौतम र श्रेष्ठले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनेछन् भने पोखरेलले राष्ट्रिय झण्डा ओढाउने छन् ।मन्त्री अधिकारीसहित दुर्घटनामा मृत्यु भएका सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले टुँडिखेलमा राखिएको छ । अब केहीबेरमा पोखरा लगिनेछ ।