रवीन्द्रलाई पुष्पगुच्छा अर्पण गरेपछि कांग्रेस प्रवक्ताले भने– देशले सुयोग्य नेता गुमायो

प्रकाशित मिति:

काठमाडौं – कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनले देशलाई अपुरणीय क्षति पुगेको बताएका छन् । अधिकारीसहित हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ७ जनलाई श्रद्धाञ्जली दिन टुँडिखेल पुगेका प्रवक्ता शर्माले देशले भविष्यको सुयोग्य नेता गुमाएको बताए ।

‘व्यक्तिगत रूपमा मैले एक असल साथी, घनिष्ट साथी गुमाएको छु,’ प्रवक्ता शर्माले भने, ‘देशले भविष्यको सुयोग्य नेता गुमाएको छ ।’ आफू नेविसंघको सभापति हुँदा रवीन्द्र अनेरास्ववियुको अध्यक्ष भएको स्मरण गर्दै विश्वप्रकाशले विद्यार्थी राजनीतिदेखि अहिलेसम्म आइपुग्दा विभिन्न चरणमा सहयकार्य गरेको बताए । उनले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सातै जनाको निधन राष्ट्रका लागि अपुरणीय क्षति भएको समेत बताए ।