टुँडिखेलमा बन्यो आँसुको कारखाना [फोटो फिचर]

प्रकाशित मिति:

काठमाडौं – ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनालाई टुँडिखेलमा सामूहिक श्रद्धाञ्जलि दिइएको छ । दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

मृतक सातैजनाको शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिएको थियो । मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत अतिविशिष्ट व्यक्तित्व, पूर्वविशिष्ट व्यक्तिहरू, राजनीतिक दलका नेता/कार्यकर्ता, मृतकका आफन्त र शुभचिन्तकहरू टुँडिखेल पुगेका थिए । मृतकका आफन्तहरू निकै भावविह्वल बनेका थिए । टुँडिखेलको माहोल नै शोकमग्न बनेको थियो ।

हेर्नुहोस्, केही तस्वीर : लोकान्तर बाट